महाराजगञ्ज वृत्तका डिएसपी खडकालाई कारबाही सिफारिस


  • महाराजगञ्ज वृत्तका डिएसपी खडकालाई कारबाही सिफारिस
  • काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज वृत्तका डिएसपी रोशन खडकालाई कारबाही सिफारिस भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी भोला रावल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही सिफारिस गरेको हो । लुटपाटमा संलग्ननताको आशंका गरिएका व्यक्तिमाथि विस्तृत अनुसन्धान नै नगरी छाडिएको घटनामा कारबाही सिफारिस भएको हो । सो घटनामा उनको गलत नियत नदेखिएको तर लापरबाही देखिएको छानबिन समितिले जनाएको छ । गत १० पुसमा महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कले सुन लुटपाटको आशंकामा दुई व्यक्तिलाई पक्राउ गरी वृत्तमा बुझाएको थियो । डिएसपी खडकाले लुटिएको भनिएको सुनको बिल नै नभएकाले घटना नै नक्कली भएको आँकलन गरी छाडिदिएका थिए । त्यहाँ तस्करीको सुन लुटपाट भएको आशंका गरिएको थियो । नयाँ बसपार्कमा कार्यरत सई नवराज इटानीले आफ्ना इन्सपेक्टरलाई समेत जानकारी नदिई पक्राउ परेकालाई वृत्तमा बुझाएका थिए । इटानी र डिएसपी खडकाबीच राम्रो सम्बन्ध थिएन । इटानीलाई उनले पहिलेदेखि नै हटाउन चाहेका थिए । सो घटनाको केही दिनपछि इटानीको सिंहदरबार वृत्तमा सरुवा भयो । त्यसको रिसमा उनले सो घटना बाहिर ल्याएका थिए । त्यसपछि छानबिन समिति बनेको थियो । समितिमा अपराध महाशाखाका डिएसपी निशान थापा र काठमाडौं परिसरका डिएसपी प्रमेश बिष्ट सदस्य थिए । समितिले इन्सपेक्टरलाई समेत जानकारी नदिइ डिएसपीलाई बुझाएकोमा उनीमाथि समेत कारबाही हुने भएको छ । महानगरीय प्रहरी कार्यालयले दुवैमाथि कारबाही अघि बढाएको छ । सुन लुटिएका भन्ने व्यक्ति सम्पर्कविहिन भएकाले घटनाको यथार्थ भने अझै खुल्न सकेको छैन । उनी फरार हुनुले दुबइबाट तस्करी गरेर ल्याइएको सुनको अवैध कारोबार हुनसक्ने आशंका गरिएको छ ।दृष्टिन्युजवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *