लोकतन्त्रको पक्षमा निर्णय नभए आँधीहुरी आउने प्रचण्डको चेतावनी


  • लोकतन्त्रको पक्षमा निर्णय नभए आँधीहुरी आउने प्रचण्डको चेतावनी

    काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुन:स्थापनाका पक्षमा अदालतले फैसला नगरे आँधीहुरी आउने बताएका छन्। उनले अप्रत्यक्ष रूपमा सर्वोच्च अदालतमाथि दबाब बढाउँदै ‘ग्रिन रिभुलुसन’ हुने बताए। उनले भने, ‘तपाईंहरू ढिलो नगरी संविधान र लोकतन्त्रका पक्षमा निर्णय दिनुहुनेछ। जनताको आकांक्षा विपरीत केही काम गरियो भने राम्रो हुँदैन। यो बिद्रोहमा परिणत भयो भने के हुन्छ?’ यदि लोकतन्त्र (प्रतिनिधि सभा पुन:स्थापना)को पक्षमा निर्णय नभए आँधीहुरी आउने उनको चेतावनी छ। ‘त्यसो भएन भने आँधी आउँछ। हुरी आउँछ। हिजो सानो समूह (माओवादी)ले बिद्रोह गर्दा के भयो? आज जनताले गर्दैछन्।’ ग्रिन रिभुलुसन हुन्छ। शान्तिपूर्ण क्रान्ति हुन्छ।’ न्यायाधीशले केपी ओलीको सनकको भरमा भएको प्रतिनिधि सभा विघटनका पक्षमा फैसला गर्छन् भनेर आफूले नपत्याएको उनले बताए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *