सर्वाधिक पुरस्कार राशिको व्याडमिन्टन प्रतियोगिता चितवनमा हुंदै


  • सर्वाधिक पुरस्कार राशिको व्याडमिन्टन प्रतियोगिता चितवनमा हुंदै

    काठमाडौं । चितवनमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ मा सर्वाधिक पुरस्कार राशिको व्यवस्था छ । महिला तथा पुरुष एकल स्पर्धाका विजेता खेलाडीले नगद एक लाख १५ हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ५५ हजार र तेस्रो हुने दुईजनाले १५/१५ हजारका दरले प्राप्त गर्नेछन् । करिब ४० लाख रुपैयाँ लागत रहेको प्रतियोगितामा राष्ट्रिय वरीयताका २० भित्रका खेलाडीबीचको युगल प्रतिस्पर्धामा विजयी खेलाडीले नगद ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले ८/८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । वरीयतामा २० देखिबाहेकका विजयी खेलाडीहरुले ५० हजार, दोस्रोले २७ हजार र तेस्रोले ७/७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यू-१७ छात्र तथा छात्रा भेट्रान्स ४५ र ५५ का विजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गर्नेछन् । उपविजयी खेलाडीहरुले १५ हजार र तेस्रो हुनेले ७/७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य स्पर्धाका विजयी खेलाडीहरुले स्पर्धाअनुसारको ६० हजारदेखि ३० हजार रुपैयाँसम्मको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *