बार्सिलोनामाथी सेभियाको जीत


  • बार्सिलोनामाथी सेभियाको जीत

    एजेन्सी । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले क्याटलान क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको छ । रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले आफ्नो जोनबाट बल अघि बढाउदै राकिटिचसँग एक पास देख्लै डिफेन्डर स्यामुइल उम्टिटीलाई बिट गर्दै गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्ष्क मार्क आन्दर टेर स्टेगनले रोक्न सकेनन् । पहिलो हाफको इन्ज्युरी समयमा कप्तान इस्कुडेरोको प्रहारलाई टेर स्टेगनले मुस्किलले बचाउदा सेभिया अग्रता दोब्बर पार्नबाट चुक्यो । ५४औं मिनेटमा फ्रान्की डि जोङको पासमा कप्तान लियोनेल मेस्सीको प्रहारलाई गोलरक्षक यासिर बोनोउले सहजै बचाए । ८५औं मिनेटमा इभान राकिटिचले आफ्नै पुर्व क्लबविरुद्ध गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे । उनले ओलिभर टोरेसको पासलाई सदुपयोग गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मेस्सीको प्रहारलाई गोल रक्षक बोनोउले मुस्किलले बचाउदै बार्सिलोनालाई २–० को हार चखाउन सफल भयो । यस जितसँगै सेभियाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सेभिया फाइनलमा पुग्नेछ । बार्सिलोनालाई भने कम्तीमा पनि २–० को जितको खाँचो छ । दोस्रो लेगको खेल नोउ क्याम्पमा ४ मार्चमा हुनेछ । कोपा डेल रेको दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राति एथलेटिको बिल्वाओ र लेभान्टेबीच राति १ः४५ बजे प्रतिस्पर्धा हुदैछ । हाम्रो खेलकुदवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *