शिक्षाबाट कोही बन्चित हुनु हुदैन: मन्त्री विक


  • शिक्षाबाट कोही बन्चित हुनु हुदैन: मन्त्री विक

    बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ स्थित श्री हिमाल आधारभूत बिद्यालय मिर्चैयाको ३ कोठे नयाँ भबनको उदघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले एक कार्यक्रमकाबीच उक्त भबनको उदघाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री विकले समाज परिबर्तन र देश बिकासका लागी शिक्षा पहिलो आधार भएको बताउँदै शिक्षा क्षेत्र लाई राज्यले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कोहि पनि बालबालिका अभाब र गरीबीका कारण बिधालयबाट टाढा र शिक्षाबाट बन्चित हुन नपरोस भन्ने कुरामा सरकार गम्भीर रहेको मन्त्री विकको भनाइ छ । सरकार र स्थानीय निकाय शिक्षाको गुणस्तर र शिक्षाको पहुँच हरेक नागरिक समक्ष पुर्‍याउने काममा लागेको पनि उहाँले बताउनु भयो।बर्तमान अबस्थामा आधुनिक तथा गुणस्तरीय शिक्षालाई जोड दिनु अहिलेको आबश्यक्ता भएको र शिक्षाका लागि राज्यबाट हुने पहल कदमिको लागि कुनै कसर बाँकी नराख्ने वताउदै शिक्षकहरु पनि बालबालिकाको उज्ज्वल भबिस्यका लागि अहोरात्र खटिएको र अझै खटिन निर्देशन दिनुभयो । कार्यक्रममा मन्त्री विकले बिद्यालयका लागि रु १७ लाख बराबरको जग्गा र नगर रु ६ लाख दिने दाता पहरी थारूलाई दोसल्ला आोढाएर सम्मान गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद कुलप्रसाद पोख्रेल, स्थानिय निकायका प्रमुख घननारायण श्रेष्ठ ,कार्यकारी प्रमुख रामहरी रिजाल , वडा अध्यक्ष श्रीकृष्ण चौधरी, प्लान नेपालको प्रतिनिधि र नेकपाका नेता लगायतको उपस्थिती रहेको मन्त्री विकको स्वकिय सचिव राजकुमार महतराले ई कान्तिपुर टाइम्सलाई जानकारी दिनुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *