पछिल्लो २४ घण्टामा थप ८१ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार नाघ्यो


  • पछिल्लो २४ घण्टामा थप ८१ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार नाघ्यो

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७१८ रहेको छ । पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार ६६० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०५२ पुगेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *