सुरक्षाकर्मीको राशनभत्ता ३३ प्रतिशतले बढ्ने


  • सुरक्षाकर्मीको राशनभत्ता ३३ प्रतिशतले बढ्ने
  • सुरक्षाकर्मीको राशनभत्ता न्यूनतम ३३ प्रतिशत बढ्ने भएको छ । पछिल्लो पाँच वर्ष ३३ प्रतिशत मूल्यबृद्धि भएकाले सोही अनुसार राशनभत्ता बढाउन सिफारिस भएको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको राशनभत्ता पुनरावलोकन समितिले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई यससम्बन्धि प्रतिवेदन बुझाएको छ । गृहमन्त्री बादलले मुल्यवृद्धि अनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता तत्काल बढाईने बताएका छन् ।आर्थिक वृद्धि र समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र त्यस्तो शान्तिसुरक्षा कायमगर्न महत्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने मन्त्री बादलले बताएका छन् ।   विगत ६ वर्षदेखि प्रहरीको राशनभत्ता एउटै छ । पुरानो दरको राशनभत्ताले प्रहरीले छाक टार्न समस्या हुँदै आउको छ । सहसचिव गौतम नेतृत्वको कार्यदलले पछिल्लो ६ वर्षमा खाद्दान्नमा सरदर ३३ प्रतिशत मुल्यवृद्धि भएको निश्कर्ष निकाल्दै मुल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धताहेरी उपयुक्तमात्रामा रासन भत्ता वृद्धि गर्न सिफारिस गरेको हो । रासनभत्ता बृद्धि गर्न पटक पटक पहल हुँदै आएपनि अर्थ मन्त्रालयले अस्वीकार गर्दै आएको छ । मन्त्री थापाले बृद्धि प्रक्रिया आफुले अघि बढाउने बतएका छन् ।पुनरावलोकन समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अर्थ मन्त्रालयका प्रतिनिधि समेत सदस्य थिए । यसपटक भने बढीमा साउनदेखि राशनभत्ता बढ्ने सम्भावना छ।दृष्टिन्युजवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *