आजदेखी कोभिड १९ विरुद्धको खोप कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधि हरूलाई लगाइने


  • आजदेखी कोभिड १९ विरुद्धको खोप कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधि हरूलाई लगाइने
  • काठमाडौं । कोरोना भाईरस कोभिड १९ विरुद्धको खोप (आज) आइतबारदेखि सरकारले सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई कोरोनाविरूद्ध दिने भएको छ।
    फागुन २ गतेदेखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकका कर्मचारीलाई खोप दिईने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार पत्रकार, स्थानीय तहका जनप्रतिनिधिहरू, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू, पहिला छुट भएका स्वास्थ्यकर्मीहरू लाई पनि खोप दिईरहेको छ । स्वास्थ्य स्वयमसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलगायतलाई पनि खोप दिने र यसका लागि देशभरका करिब दुई सय खोप केन्द्रबाट खोप दिइने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मीलाई खोप दिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइनेछ। दृष्टिन्युज सुचना पढ्नुहोस्    

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *