कोरोना भाइरसको संक्रमणबाट एक साताभित्र विदेशमा थप दुई नेपालीको मृत्यु


  • कोरोना भाइरसको संक्रमणबाट एक साताभित्र विदेशमा थप दुई नेपालीको मृत्यु
  • काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा यो साता थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३३५ पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अस्ट्रेलिया, स्पेन, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ५७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७२ हजार ६ सय १४ जना छ भने दुई लाख ६८ हजार ९ सय २९ जना अर्थात ९८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *