रश्मीको चार गोलसहित आर्मीको सानदार जीत


  • रश्मीको चार गोलसहित आर्मीको सानदार जीत

    काठमाडौं । फरवार्ड रश्मी घिसिङको ह्याट्रिकसहित चार गोल र बिमला चौधरीको दुई गोल मद्दतमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–१ को सानदार जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा चन्द्रपुरकी रजनी थोकरले एक गोल फर्काइन् । लिगको १० खेलमा आर्मीको यो आठौं जित हो । एपिएफसँग पराजित आर्मीले पुलिससँग गोलरहितर बराबरी खेलेको थियो । खेलको १०औं मिनेटमा रश्मीको गोलबाट आर्मीले अग्रता लिएको थियो । २२औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् । लगत्तै २३औं मिनेटमा बिमला चौधरीले गोल गर्दै आर्मीलाई ३–० ले अघि बढाइन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रजनी थोकरले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को अवस्थामा ल्याइन् । ५०औं मिनेटमा रश्मीले ह्याट्रिक पुरा गरिन् । ५६औं मिनेटमा बिमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ५–१ ले अघि बढाइन् । ६१औं मिनेटमा रश्मीले व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौं गोल गर्दै आर्मीलाई ६–१ को फराकिलो जित दिलाइन् । यो जितसँगै दोस्रो स्थानमा रहेको आर्मीको १० खेलबाट २५ अंक पुगेको छ । आर्मीले शीर्षस्थानमा रहेको नेपाल एपिएफ क्लबलाई दवाव बढाएको छ । एपिएफको ९ खेलबाट २७ अंक छ । पराजि चन्द्रपुर ६ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *