नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै


  • नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै
  • काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ। जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा सोमबार विरोध प्रदर्शन गरिने कांग्रेसले जनाएको छ। त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले चरणबद्ध विरोध प्रर्दशन गर्दै आएको छ। यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ मा विरोध प्रदर्शन गरिएको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *