प्रहरीका सइ र असइको भाग्य चम्कदै


  • प्रहरीका सइ र असइको भाग्य चम्कदै
  • काठमाडौं । नेपाल प्रहरीको बढुवामा सधैं चलखेल हुन्छ । रिक्त पद थोरै हुने, आकांक्षी धेरै हुने तर निष्पक्षता नहुने भएकाले यस्तो चलखेल हुनु स्वभाविक हो ।अझ सइबाट इन्सपेक्ट बढुवामा प्रहरी नेतृत्वमाथि अत्याधिक दबाब आउने गर्दछ । हाल सइका एक सय पद रिक्त छन् । जसमध्ये ४० पदमा बढुवा हुन्छ । त्यसमा तीन सय भन्दा धेरै सइ प्रतिस्पर्धामा छन् । यस्तो समस्या भएपछि प्रहरी प्रधान कार्यालयले नीति नै फेर्नुपर्ने निष्कर्षमा पुगेको छ । रिक्तमध्ये ६० प्रतिशत पद बढुवाबाट पदपूर्ति गर्नुपर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ । यो पास भएमा सइबाट इन्सपेक्टरमा बढुवाको जाम केही हदसम्म खुल्नेछ । सोही कारण तत्काल सइको बढुवा रोकिएको छ । उता असइमाथि भएको अन्यायमा पनि केही राहत मिल्ने देखिएको छ । पूर्व एसएसपी डा.गणेश रेग्मीले असइमाथि भएको विभेद हटाउन सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । १२ कक्षा उत्तिर्ण व्यक्रि निजामतीमा नासु हुने तर प्रहरीको असइले भने खरिदार सरहको मात्र सुविधा पाउँछ । यो विभेद हटाउन माग गरी उनले रिट दायर गरेका हुन् । जसको बुधबार सुनुवाई हुँदैछ । राज्यबाट भएको यस्तो अन्यायमा सर्वाेच्चले असइलाई न्याय दिने अपेक्षा गरिएको छ ।दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *