नेपाली सेनाको बस दुर्घटना हुँदा क्याप्टेन सहित १० जना गम्भीर घाइते


  • नेपाली सेनाको बस दुर्घटना हुँदा  क्याप्टेन सहित १० जना गम्भीर घाइते
  • नेपालगंज । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित सोमवार नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् । सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन । उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको हो । गम्भिर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगंज राझातर्फ पठाइएको छ ।दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *