फागुन अन्तिमसम्ममा नेपालले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने


  • फागुन अन्तिमसम्ममा नेपालले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने

    काठमाडौं । सरकारले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यसै महिनाको अन्त्यसम्म भारतबाट खोप आइसक्नेछ । तीनसाताअघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच खोप खरिदबारे सहमति भएको थियो । कृषिमन्त्री पद्मा अर्यालका अनुसार मन्त्रिपरिषद् बैठकले भारतसँग खोप खरिद गर्ने निर्णय गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *