गुल्मीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु ७ जना घाइते


  • गुल्मीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु ७ जना घाइते
  • गुल्मी । गुल्मीको परालमीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको वडाअध्यक्ष शेरबहादुर पहराईले जानकारी दिए । दुर्घटनामा घाइते भएका ७ जनालाई जिल्ला अस्पताल तम्घास पठाइएको वडाअध्यक्ष पहराईले बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले दुर्घटनाको पुष्टि गरेका छन् । उनले जिप दुर्घटना भएको तर प्रहरी टोली त्यहाँ पुगिनसकेकोले मृत्यु पुष्टि गर्न अहिले नै नसकिने जानकारी दिए । जिप सडकबाट करिब ८ सय फिट तल खसेको जनाइएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *