पेट्रोलियम पदार्थमा मूल्य बढाएको भन्दै जसपाद्वारा ग्यास सिलिन्डर सहित प्रदर्शन


  • पेट्रोलियम पदार्थमा मूल्य बढाएको भन्दै जसपाद्वारा ग्यास सिलिन्डर सहित प्रदर्शन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले थाल, चम्चा र ग्यास सिलिन्डर प्रदर्शनसहित राजधानीमा बुधबार विरोध जनाएको छ । काठमाडौंको माइतीघर मण्डलमा जसपाले प्रदर्शन गरेको हो । सरकारले सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै जसपाले नाराबाजीसहित थाल, चम्चा र ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको हो । जसपाले मूल्यवृद्धि फिर्ता, संसद् पुनःस्थापन गर, खाद्यान्नलगायत महत्त्वपूर्ण सामानको मूल्यवृद्धिमा नियन्त्रण गर, पहिचानमा आधारित संघीयताको पुनर्संरचना गर, राष्ट्रपति संस्थाको मर्यादा कायम गर, महिला हिंसा र जातीय विभेद अन्त्यको मागसहित जसपाका नेता-कार्यकर्ताहरु प्रदर्शनमा सहभागी थिए । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *