सुरक्षाफौजको कारबाहीमा ७ जना तालिबानीको मृत्यु


  • सुरक्षाफौजको कारबाहीमा ७ जना तालिबानीको मृत्यु
  • काठमाडौं । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्ती ७ जना तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकू भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । कारबाहीमा अरु तीन तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाइ छ ।मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीन वटा मोटरसाइकलसहित हातहतियार बरामद भएको जनाएको छ । सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ ।तर विद्रोहीले सरकारका खासखास स्थान र व्यक्तिमाथि साङ्घातिक आक्रमण गरिरहेका छन्। फाइल तस्वीर ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *