यस वर्षको “राधा क्यान्सर सचेतना पत्रकारिता पुरस्कार” वर्दियाकी समृद्धालाई 


  • यस वर्षको “राधा क्यान्सर सचेतना पत्रकारिता पुरस्कार” वर्दियाकी समृद्धालाई 

    काठमाडौं । स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा स्थापना गरिएको राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार” यस वर्ष बर्दियाकी पत्रकार समृद्धा केसीलाई प्रदान गरिएको छ।

    राधा क्यान्सर सचेतना फाउन्डेसनले यस वर्ष परेका आवेदन मध्ये पत्रकार केसीलाई पुरस्कार दिने निर्णय गरेको थियो। पुरष्कृत पत्रकार केसी महिला स्वास्थ्य डटकममा कार्यरत पत्रकार हुन।

    पुरस्कार ९ गते आइतवार कावासोती सिमलघारीस्थित बस्याल निवासमा विश्व प्रेस काउन्सिलका महासचिव एवं प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको प्रमुख आतिथ्यतामा वितरण गरिएको थियो  ।

    पुरस्कार वितरण पश्चात पत्रकार केसी ले यसवर्षको “राधा क्यान्सर सचेतना तथा महिला हिंसाबिरुद्ध “ को राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन पाउँदा थप उर्जा र जिम्मेवारी थपिएको महशुस गरेको बताइन् । उनले, 'राधा क्यान्सर सचेतना फाउण्डेशनको स्थापना जुन उदेश्यका साथ गरिएको थियो त्यसलाई पुरा गर्नका लागि आफ्नो साथ र सहयोग सदैब हुने प्रतिबद्धता समेत जनाइन।'



  • वि.स २०४८ मा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समय देखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जिवन पछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सर सँग लडदै समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिईन ।

    कार्यक्रममा फाउन्डेसनका संरक्षक एवं राधाका बुबा शुभराज शर्मा, काका फरसुराम शर्मा लगायतले स्वर्गीय राधा कसरी हिंसामा परिन्, कसरी क्यान्सर रोगको पहिचान भयो, उपचारका प्रयासहरु कति गरिए भन्ने जानकारी दिएका थिए ।

    राधाको निधन पश्चात फाउन्डेसनलाई राधाका भाइ पत्रकार प्रकाश बस्यालले अगाडी बढाईरहेका छ्न ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *