राज्यमन्त्री विकद्धारा चारआली आयल निगमको निरिक्षण


  • राज्यमन्त्री विकद्धारा चारआली आयल निगमको निरिक्षण

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले पेट्रोलियम पदार्थको प्रयोग निम्न वर्ग देखि उच्च वर्ग सम्मकोले गर्ने भएकोले विभागका कर्मचारीलाई यसको अनुगमन तथा नियमन समय समयमा गर्नुपर्ने भन्दै निर्देशन दिनुभएको छ ।   आइतवार झापाको चारआली आयल निगमको निरिक्षण गर्ने क्रममा राज्यमन्त्री विकले उक्त निर्देशन दिनुभएको हो । ग्यास, मट्टीतेल, डिजेल र पेट्रोल हरेक वर्गले दैनिक रुपमा प्रयोग गर्ने भएकोले यसको अनुगमनमा तिव्रता दिनुपर्ने बताउनुभयो । भारतबाट सामाग्री ल्याएर नेपाल आउने कतिपय गाडिहरुले नेपाल वाट भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी गरेको भन्ने गुनासो आएको हुँदा तत्काल त्यसको निगरानी र अनुगमन गरी त्यस्तो गरेको पाइएमा कारवाहिको दायरामा ल्याउन निर्देशन दिनुभयो ।   सरकारले चाडै नै २३.१३ विगाहा जग्गामा ५०,००० क्षमताको पेट्रोलियम पदार्थ भण्डारण गर्ने उद्देश्यले आवश्यक प्रक्रिया सुरु गरिरहेकोले चाडै नै पेट्रोलियम पदार्थको मागमा कमी नहुने बताउनुभयो । पछिल्लो समयमा पेट्रोल र क्रसर काे दर्ता गर्ने काम समेत भएकोले कसैले पनी प्राकृतिक दोहन नगरी नेपाल सरकारले तोकेको मापदण्ड अनुसार दर्ता गरि काम गर्न समेत आग्रह गर्नुभएको । अनुगमन कार्य पश्चात् राज्यमन्त्री विकले सहिद स्मारक सुखानी र सलबारीको निरिक्षण गर्नुकासाथै प्रदेश न १ को प्रदेश स्तरिय भेलामा सहभागीता समेत जनाउनु भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *