सशस्त्रमा कमाण्डरहरुको भद्रगोल कार्यशैली, रोकिएन रासनमा अनियमितताको उजुरी



  • काठमाडौं । सशस्त्र प्रहरीका गण तथा गुल्महरुमा नयाँ टोलीका कमाण्डर गएपछि सुधारको अपेक्षा थियो । तर, त्यसविपरीत राशनमा हुने मनपरी र अधिक बिदा छाड्ने विकृती उस्तै छ । विभिन्न गण तथा गुल्मका इन्चार्जविरुद्ध अहिले उजुरी बढेको छ । कमाण्ड कमजोर रहेका उदयपुर स्थित ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुधिर सुबेदीले संगठनको नीतिबिपरित अत्यधिक बिदा छोडेर राशनमा अनियमितता गरेको उजुरी परेको छ । स्टाफ कलेज गरेको भनेर फुर्ति गर्ने तर फिल्डमा कमजोर कार्य शैलि भएका ४ नम्बर गण सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक माधब प्रसाद पौडेलको कार्यशैली पनि उस्तै छ । सुनसरीमा सीमा क्षेत्रमा लाइनमा हुने तस्करी बढेको छ । हिमशिखर गुल्मका गुल्मपति डिएसपी किशोर श्रेष्ठ पनि अधिक बिदा छोडेर मातहत कर्मचारीको राशनमा तर मारिरहेका छन् । यता १८ नम्बर गुल्म दोलखाका गुल्मपति डिएसपी बुद्धिनारायण महर्जन समेत संगठनको आदेश बिपरित राशनमा मात्र केन्द्रीत रहेको कर्मचारी बताउँछन् । उनी कमजोर कमाण्ड क्षमता भएका अधिकृतका रुपमा चिनिन्छन् । उता ३२ नम्बर गुल्म मनाङका डिएसपी होमनाथ पन्थीमाथि समेत छानबिन सुरु भएको छ । मनाङमा हाल राशन मासिक झन्डै १० हजार रुपैयाँ छ । यस हिसाबले करिब १ सय १५ जना कर्मचारि कार्यरत सो गुल्मबाट ५० बढी नियमित बिदामा छाड्ने गरिएको छ । यी त केबल प्रतिनिधि पात्र मात्र हुन्, सशस्त्रका अधिकांश गण तथा गुल्ममा यस्तो समस्या छ ।दृष्टिवाट  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *