प्रधानमन्त्री ओलीले छलफलकालागि मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई वालुवाटार वोलाए



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो । एकैदिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुरक्षा परिषदको बैठकमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *