कांग्रेस नेता जोशीको भेन्टिलेटरमा राखेर नर्भिक अस्पतालमा उपचार हुदै


  • कांग्रेस नेता जोशीको भेन्टिलेटरमा राखेर नर्भिक अस्पतालमा उपचार हुदै
  • काठमाडाैं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मस्तिष्कघात भई थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। जोशीको स्वास्थ्य अवस्थामा सुधार हुन नसकेको बताइएको छ। पूर्वउद्योगमन्त्री समेत रहेका जोशीलाई बिहीबार राति मस्तिष्कघात भएपछि सुरुमा वीर अस्पताल लगिएको थियो। शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। वीरबाट थप उपचारका लागि उनलाई शुक्रबार विहान नर्भिक सारिएको थियो। जोशीको स्वास्थ्य अवस्थाबारे केहिबेरमा प्रेस नोट जारी गर्ने अस्पतालले जानकारी दिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *