फेवातालको नयाँ सिमाङ्कन, सीमा रेखाको परिधि १८ किलोमिटर


  • फेवातालको नयाँ सिमाङ्कन, सीमा रेखाको परिधि १८ किलोमिटर
  • पोखरा । नयाँ सीमाङ्कनअनुसार फेवाताल सीमा रेखाको परिधि १८ किलोमिटर हुनेछ । फेवातालको चार किल्ला पूर्वमा ‘ड्याम साइड, पश्चिममा मोरे बगर, उत्तरमा खपौँदी–चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गरिएको छ । विश्वका १३ औँ सुन्दर तालमा पर्ने फेवाताल प्राकृतिक तथा मानवीय कारणबाट बर्सेनि अतिक्रमित हुँदै गएकाले तालको संरक्षणका लागि सर्वोच्च अदालतले पटक–पटक सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो । यसअघि पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने संयोजकत्वमा गठित आयोगले विसं २०६९ मा तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई फेवातालको क्षेत्रफल ६ दशमलव ५४ वर्ग किमी (१२ हजार आठ सय ७४ रोपनी) रहेको अध्ययन प्रतिवेदन बुझाएको थियो । चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिका संयोजक पुण्यप्रसाद पौडेलले समितिले कुनै एकमात्र आधारमा केन्द्रित रहेर फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन गर्न सम्भव नदेखिएकाले विभिन्न आधारलाई लिएर काम गरेको बताए । रासस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *