एजपटक जनमत संग्रहमा जानुपर्छ : विप्लव


  • एजपटक जनमत संग्रहमा जानुपर्छ : विप्लव
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका सबै निर्णयहरुको अधिकार जनतालाई दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले देशका अधिकांश समस्याहरुबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने बताए । विप्लवले नेपालको बारेमा स्वतन्त्र रुपले जनताले मत राख्ने प्रत्यक्ष प्रणालीमा जानुपर्ने धारणा राख्दै भने, ‘अब त्यो अवसर र अधिकार हामीले जनतालाई दिनुपर्छ । घुमिफिरी रुम्जाटार पुग्ने परम्परा बन्द गर्नपर्छ ।’ उनले जनताको सपना पूरा गर्नका लागि सबैले हातेमालो गर्नुपर्छ । नेपाली जनताको पक्ष आफ्नो नेता कार्यकर्ताले ज्यान दिएका थिए । नेपाली जनताको चाहाना पूरा भएको छैन’उनले भने, ‘मृत्युको नजिक नपुगेको कम्युनिस्ट नेता पनि छैनन् । सहिद परिवारलाई विश्वास दिलाउनका लागि बलिदान दिन तयार छौँ। तर, हामी हाम्रो प्रतिबद्धताबाट भाग्दैनौँ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *