चलचित्र विकास बोर्ड र सेन्सर बोर्डको रिक्त सदस्य पदमा नियुक्त


  • चलचित्र विकास बोर्ड र सेन्सर बोर्डको रिक्त सदस्य पदमा नियुक्त
  • काठमाडौं । सरकारले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा रिक्त सदस्य पदमा नियुक्त गरेको छ । संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई र कलाकार राज कटुवाललाई नियुक्त गरेको छ । अर्जुनकुमार निर्माता तथा गायक हुन् । उनले चलचित्र ‘चपली हाइट’का तीन सिरिजका साथै ‘फिटकिरी’, ‘फाटेको जुत्ता’ निर्माण गरेका छन् । प्रकाश भट्टराई चलचित्र निर्देशक हुन् । उनले चलचित्र ‘भाग्य’ निर्देशन गरेका थिए । राज कटुवाल चलचित्र कलाकार हुन् । चलचित्र सेन्सर बोर्डको सदस्यमा सन्तोषकुमार थापा र मिनाक्षी कोइरालालाई नियुक्त गरेको छ । मिनाक्षी संगीत तथा रोयल्टी संकलन समाजकी पूर्व सीईओ पनि हुन् । सन्तोष पत्रकार हुन् ।  नियुक्त सदस्यहरु सवैको कार्यकाल दुई वर्षको हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *