“कलियुगको एउटा कृति, बनोस् हाम्रो माया प्रीति”


  • "कलियुगको एउटा कृति, बनोस् हाम्रो माया प्रीति"
  • काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल सर्जक हुन् सुरज गैह्रे 'विवश'। प्रायः जसो जीवन बोल्ने जीवन्त सृजना गर्न खप्पिस सुरजले प्रेमिल सृजना पनि त्यतिकै उत्कृष्ट गर्ने गर्छन् । अरु सर्जक भन्दा अलि भिन्नै गीतहरु सृजना गर्न रुचाउने सुरजका दर्जनौं बढी गीतहरू लोकप्रिय छन् । यसैबीच, उनको शब्द सृजना रहेको पृथक शैलीको एउटा प्रेमिल गीत रिलिज भएको छ। मंगलबार "एउटा कृति" बोलको गीत "माइ आर्ट ग्यालरी"को अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। गीतमा लोकप्रिय गायिका प्रविशा अधिकारी र गुरु रेग्मीलो सुमधुर आवाज रहेको छ। एउटा चोखो प्रेम सम्बन्धमा रहेका प्रेमिल जोडीको महशुस अनि कथालाई सुरजले शब्दमा उतारेका छन् । शब्द अनुसारको मेलोडियस संगीत दिने काम विशाल निरौलाले गरेका छन् । गीत एकदमै मेलोडियस बनेको छ। प्रविशासंगै गुरुको गायिकी गीतमा मीठो एवम् उत्कृष्ट सुनिएको छ। गीतको अडियो जति उत्कृष्ट बनेको छ, भिडियो झन आकर्षक छ। भिडियोमा कलाकार सुजन कोइराला र शिवा राई फिचर्ड छन् । सुजन र शिवाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ। गीतको भाव अनुसारको जीवन्त अभिनय सुजन र शिवाले गरेका छन् । भिडियोको परिकल्पना एवम् निर्देशन सुजन कोइरालाले नै गरेका छन् । अमर सुनारले भिडियोको कोरियोग्राफी गरेका हुन् । राजेश घिमिरेले आकर्षक फ्रेममा खिचेको भिडियोलाई सुजनले नै सम्पादन गरेका छन् । हेर्नुस् भिडियो... https://youtu.be/UnHQrHc55mA

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *