गृहसचिव न्यौपानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण


  • गृहसचिव न्यौपानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

    काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । सो अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगति सम्बन्धी जानकारी लिनुको साथै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।   उक्त अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका छन् ।   उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ–आफ्नो क्षेत्रमा तस्कारी नियन्त्रण एवम् राजश्व वृद्धिमा थप सक्रियता बढाउनुपर्ने बताए । निरीक्षण पश्चात गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी कर्मचारीहरुले आफ्नो आचरण एवं अनुशासनप्रति संवेदनशील भई पूर्ण ईमानदारिताका साथ आफ्नो प्रतिवद्धतामा नडगमगाई जिम्मेवारी वहन गर्न निर्देशन दिए ।   गृहसचिव न्यौपानेले नेपाल प्रहरी संगठनको सुदृढिकरण र शुद्धिकरणमा गृह मन्त्रालय सदैव दृढ एवम् क्रियाशील रहेको चर्चा गर्दै प्रहरीका कार्यालयहरुको गतिविधि अनुगमन तथा कारवाही प्रकृया बढाउनुपर्ने जरुरी रहेको उल्लेख गरे ।   प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको गृह प्रशासन सुधार योजना कार्यान्वयनको साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धि लगायतका कार्य योजनामा प्रहरी संगठन निरन्तर सुधारको पक्षमा लाग्नुपर्ने बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *