पछिल्लो चौबीस घण्टामा थपिए १४५ जना कोरोना संक्रमित


  • पछिल्लो चौबीस घण्टामा थपिए १४५ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा १४५ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ९६३ जनाको पीसीआर परीक्षण गरिएकोमा १४५ जनाको नतिजा पोजेटिभ आएको हो ।   योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।   त्यस्तै चौबीस घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।   त्यस्तै पछिल्लो चौबीस घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।   हाल क्वारेन्टिनमा ५२ जना छन् भने आइसोलेसनमा ११८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *