विश्वकप छनोटमा जर्मनीको सहज जीत


  • विश्वकप छनोटमा जर्मनीको सहज जीत

    एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डलाई ३–० ले हराएको छ । घरेलु मैदानमा जर्मनीको सहज जितमा लियोन गोरेट्जका, काई हाभर्टज र इल्केए गुन्डोगानले गोल गरे ।     पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । डुइसवर्ग जर्मनीमा बिहीबार राति भएको खेलमा जर्मनीले खेलको तेस्रो मिनेटमा लियोन गोरेट्जकाको गोलबाट अग्रता लिएको थियो । उनले सर्ज जिनाब्रीको पासमा गोल गरेका थिए ।   सातौ मिनेटमा काई हाभर्टजको गोलबाट जर्मनीले अग्रता दोब्बर बनायो । उनले लिरोए सानेको पासमा गोल गरेका थिए । ५६औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३–० को सहज जित दिलाए ।     जितपछि समूह ‘जे’ मा जर्मनीको ३ अंक पुगेको छ । समान ३ अंक नै रहेपनि गोल अन्तरमा रोमानिया र अर्मेनिया दोस्रो र तेस्रो स्थानमा रहेको छ । अंकविहीन नर्दन आयरल्यान्ड, लिचेस्टाइन र आइसल्यान्ड क्रमश चौथो, पाँचौ र छैटौ स्थानमा रहेका छन् ।   यही समुहको अर्काे खेलमा अर्मेनियाले लिचेस्टाइनलाई १–० ले तथा रोमानियाले आयरल्यान्डलाई ३–२ ले हराएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *