सचिन तेन्दुलकरलाई कोरोना पुष्टि


  • सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

    एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्व क्रिकेटका सफल ब्याट्सम्यान सचिन तेन्दुलकरलाई कोरोना संक्रमण (कोभिड-१९) पोजेटिभ देखिएको छ ।     सचिनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण देखिएको र आइसोलेसनमा बसेको जानकारी दिएका छन् । सचिनको कप्तानीमा यसै साता भारतीय लेजेन्ड्सले फाइनलमा श्रीलंका लेजेन्ड्सलाई पराजित गर्दै रोड सेफ्टी विश्व टि२० सिरिजको च्याम्पियन बनेको थियो । आफूलाई कोरोना संक्रमण देखिएपनि घरका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको सचिनले जनाएका छन् । सचिनले आफूलाई हल्का लक्ष्यण देखिएको जनाएका छन् ।   ४७ वर्षिय सचिन डाक्टरको सल्लाह अनुसार घरमा एक्लै बसेका छन् । सचिनलाई उक्त विश्व टि२० सिरिजको समयमा कोभिड सरेको हो की भन्ने शंका गरिएको छ । उक्त प्रतियोगितामा सचिनले भारतलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । पछिल्लो समय भारतमा तीव्र रुपमा कोरोना संक्रमण देखिदा अप्रिल ९ देखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ भने शंकामा पर्न थालेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *