होली मनाउन गएका युवाबीच झडप दुईको मृत्यु, केही युवा वेपत्ता


  • होली मनाउन गएका युवाबीच झडप दुईको मृत्यु,  केही युवा वेपत्ता

    बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ। दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको बडिगाँड गाउँपालिका ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले जानकारी दिए। गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुनसक्ने खत्रीले बताए। मृत्यु हुनेमा ३६ वर्षीय प्रकाश कुँबर र ३४ वर्षीय दिपक दमाइ रहेका छन्। उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए।   घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो। आइतबार दिउँसो बडिगाड-१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए। स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड-१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ। घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *