सबारी नियम उल्लंघन गर्ने दुई हजार बढी चालकलाई कारबाही


  • सबारी नियम उल्लंघन गर्ने दुई हजार बढी चालकलाई कारबाही

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लंघन गर्ने दुई हजार बढी चालकलाई कारबाही गरेको छ ।   होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारबाही गरेको महाशाखाले जनाएको छ । सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको जनाइएको छ ।   ट्राफिक व्यवस्थापनको योजना तयार गरी होलीमा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि साँझसम्मै सुरक्षा कडा पारी जाँच गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए ।   होली मनाउन उच्छृंखल तरिकाले सवारी-साधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादकपदार्थ सेवन गरी हुइँक्याउने, तीनजना चढ्ने, हेल्मेट नलगाउनेजस्ता गतिविधिमा संलग्न चालकउपर निगरानी बढाई कारबाही गरिएको उनले बताए ।   महाशाखाले आज मादकपदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई कारबाही गरेको छ । विनाहेल्मेट र तीनजना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लंघन गर्ने एक हजार ६०९ सवारी चालकलाई कारबाही गरिएको र होहल्ला गरी सवारी चलाउने, जबर्जस्ती रङ दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चारपांग्रे र ४६८ वटा दुईपांग्रे सवारी-साधन होल्ड गरी कारबाही गरिएको महाशाखाले जनाएको छ ।   उपत्यकाका तीन जिल्लामा आज २१ वटा सामान्य दुर्घटनाहरू भएको महाशाखाले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *