विश्वकप छनोटमा फ्रान्सले काजकस्तानलाई हरायो


  • विश्वकप छनोटमा फ्रान्सले काजकस्तानलाई  हरायो

    एजेन्सी – स्टार युवा फरवार्ड केलियन एमबाप्पेले पेनाल्टी चुकाएपनि विश्वविजेता फ्रान्सले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा काजकस्तानलाई पराजित गरेको छ ।   फ्रान्सले काजकस्तानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । फ्रान्सको जितमा औसमाने डेम्वेलेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । अस्ताना एरिनामा आइतबार राति भएको खेलमा पाहुना टोली फ्रान्सले खेलको २०औं मिनेटमा औसमाने डेम्वेलेको गोलबाट अग्रता लिएको थियो । उनले एन्थोनी मार्सियालको पासमा गोल गरेका थिए ।   ४४औं मिनेटमा सेर्गी माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । कर्नरबाट आएको बललाई क्लियर गर्ने क्रममा पोग्वासँगै रहेका सेर्गीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।   ५९औं मिनेटमा मार्सियलको स्थानमा मैदान छिरेका सब्सिच्युट एमबाप्पेले पेनाल्टी चुकाए । ७५औं मिनेटमा एमबाप्पेलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनको प्रहारलाई काजकस्तानका गोलरक्षक एलेक्सान्डर मोकिनले पञ्च गर्दै बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा फ्रान्स विजयी हुन सफल भयो ।   जितसँगै समुह ‘डी’ मा फ्रान्स दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित काजकस्तान अंकविहीन हुदै पुछारमा रहेको छ । हाम्रो खेलकुदबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *