सप्तरीमा हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ



  • सप्तरी । सप्तरीमा व्यक्ति हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–३ का लक्ष्मण भनिने धनीलाल साह पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।   २०५७ साउन ३ गते छिमेकी दशरथ साहको हत्या गरेका धनीलालविरुद्ध सप्तरी जिल्ला अदालतले २०६५ साल चैत ११ गते २० बर्ष कैद सजाय सुनाएको थियो ।   जिल्ला अदालतको उक्त फैसलालाई तत्कालिन पुनरावेदन अदालत राजविराजले २०६७ चैत २२ गते तथा सर्वोच्च अदालतबाट २०७२ पुस १ गते सदर गरेको थियो ।   धनीलाललाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले गाउँमा लुकीछपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।   उनलाई आइतबार जिल्ला अदालत सप्तरीमा पेश गरी आवश्यक प्रक्रिया पूरा गरेपछि कैद भुक्तानको लागि कारागार चलान गरिएको उनले बताए ।   २०५७ साउन ३ गते राति पिसाब गर्न घरबाट बाहिर निस्केका निस्केका बेला धनीलालले खुकुरी तथा लाठी प्रहर गरी दशरथको हत्या गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *