रुपन्देहीका सिडिओ र दुई एसपीको सरुवा


  • रुपन्देहीका सिडिओ र दुई एसपीको सरुवा

    काठमाडौं । रुपन्देहीका सिडिओ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको एकैचोटी सरुवा भएको छ । अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा उनीहरुको सरुवा भएको स्रोत बताउँछ । रुपन्देहीका सिडिओ पिताम्बर घिमिरेको पर्सामा सरुवा भएको छ भने पर्साका आसमान तामाङलाई रुपन्देहीमा पठाइएको छ । त्यस्तै एसपी प्रवीण पोखरेलको सरुवा गरी मनोज केसीलाई सरुवा गरिएको छ । सशस्त्रका एसपी भरत खनियाँको पनि सरुवा भएको छ । मोतीपुर औद्योगित क्षेत्रको शिलान्यासको क्रममा बलियो सुरक्षा प्रबन्ध गर्न नसेको आरोप उनीहरुलाई लागेको छ । अर्थमन्त्रीको हितमा काम नगरेकाले उनीहरुलाई बालुवाटारको सिफारिसमा सरुवा गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *