भारतबाट आउने सबैलाई अनिवार्य आइसोलेसन राख्न मन्त्रालयको निर्देशन


  • भारतबाट आउने सबैलाई अनिवार्य आइसोलेसन राख्न मन्त्रालयको निर्देशन

    काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतका नाका हुँदै नेपाल भित्रिने सबैलाई अनिवार्य १० दिन आइसोलेसन सेन्टरमा राख्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । साेमबार मन्त्रालयले भारतका नाका हुँदै नेपाल आएका संक्रमितहसमेत खुला रुपमा हिँड्डुल गरेको पाइएपछि यस्तो निर्देशन दिएको हो ।   लक्षण देखिएका संक्रमितलाई अस्पताल र नदेखिएकाहरुलाई पनि १० दिन अनिवार्य आइसोलेसन सेन्टरमा राख्न मन्त्रालयको निर्देशन छ ।आइसोलेसन सेन्टरमा राखेबापत प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले सोधभर्ना रकम उपलब्ध गराउने समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले नाका जोडिएका हेल्थ डेस्कबाट नजिक पर्ने १४ वटा अस्पतालमा रिफर गर्न समेत निर्देशन दिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *