मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन


  • मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन

    कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको आज निधन भएको छ । काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइरहेका रावलको आज (मंगलवार) बिहान निधन भएको गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष देवीदत्त उपाध्यायले बताएका छन् । कोहलपुर मेडिकल कलेजमा उपचाररत रावललाई थप उपचारका लागि काठमाडौं लगिएको थियो । काठमाडौंमा उपचारका क्रममा निधन भएको उपाध्यायले जानकारी दिए । उच्च रक्तचापबाट पीडित रावललाई एक्कासी ब्रेन ह्याम्ब्रेज भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनी एमालेवाट निर्वाचित अध्यक्ष हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *