नयाँ सरकार गठन हुने भन्दै प्रचण्डले दिए सबैलाई बधाई


  • नयाँ सरकार गठन हुने भन्दै प्रचण्डले दिए सबैलाई बधाई

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार बन्ने निश्चित भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेसँगै नयाँ सरकार बन्ने परिस्थिति भएकाे अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।   कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आजैबाट सरकार गठनबारे घनिभूत छलफल सुरु भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘मलाई काठमाडौंमा साथीहरुले नयाँ सरकार गठनमा तपाईंले तुरुन्तै पहल लिनुपर्छ, अहिले कपिलवस्तु नजानुस भन्नुभएको थियो । तर, पूर्वनिर्धारित कार्यक्रम भएकाले आएँ । सकेसम्म छिट्टै काठमाडौं फर्केर नयाँ सरकार गठनका लागि घनिभूत रुपमा बैठकहरु अगाडि बढाउँछु ।’   नयाँ सरकार गठन हुने भन्दै प्रचण्डले कार्यक्रममा सहभागीलाई बधाई समेत दिएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *