नेपाल समूहद्धारा दुई महिने पार्टि निर्माण र सुदृढीकरण अभियान घोषणा


  • नेपाल समूहद्धारा दुई महिने पार्टि निर्माण र सुदृढीकरण अभियान घोषणा

    काठमाडौं । समानान्तर पार्टी संचालनको अभ्यासमा रहेको नेकपा एमाले माधवकुमार नेपाल समूहले दुई महिने ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै अभियान घोषणा गरेको माधव समूहले एकतामा फर्कन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ । शुक्रबार र शनिबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नारासहित अभियान संचालन गर्ने निर्णय गरेको थियो । अभियानका क्रममा अधिवेशन तथा महाधिवेशनबाट आएका र २०७५ जेठ २ मा कायम भएका कमिटीहरुको पुनः सञ्चालन र गठन पुनर्गठन गर्ने बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *