नेपाली फुटबल टोली कुवेत पुग्यो


  • नेपाली फुटबल टोली कुवेत पुग्यो

    काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरण अन्तर्गत बाँकी खेलमा प्रतिस्पर्धा गर्न नेपाली टोली कुवेत पुगेको छ ।
    शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेलमा ६-२ को हार बेहोरेको नेपाली टोली आइतबार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ गएको थियो । इराकविरुद्ध पहिलो हाफमा एक समय अञ्जन विष्ट र मनीष डाँगीको गोलमा २–१ को अग्रता बनाएपनि पछि भने सम्हालिन सकेन । कुवेतमा नेपाली टोलीले विश्व कप छनोट र एसिया कप छनोटको बाँकी ३ खेल खेल्नेछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलपछि बोल्दै प्रदर्शनबाट दुखि हुनुपर्ने ठाउँ नरहेको बताएका थिए । उनले सानो गल्तीका कारण नेपालको हातबाट नतिजा फुस्किएपनि विश्वकप छनोटमा सुधार गर्न सकिने विश्वास दिलाएका थिए ।
    नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नु पर्ने खेल न्यूट्रल भेन्यूका रुपमा कुवेत सारिएको थियो । सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघि नै खेलिसकेको छ । चाइनिज ताइपेइ पनि आइतबार कुवेत पुगिसकेको छ । कुवेतसँग पहिलो खेलमा उसकै मैदानमा ७–० को हार बेहोरेको नेपालले भुटानमा भएको खेलमा १–० ले गुमाएको थियो । दशरथ रंगशाला पूर्न निर्माणको कार्य भइरहेको बेला न्यूट्रल भेन्यूका रुपमा नेपाल र कुवेतले भुटानमा खेलेका थिए । छनोटको अन्य अवे खेलमा चाइनिज ताइपेलाई अन्जन विष्टको २ गोलमा २–० ले हराएको नेपालले अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को पराजय भोगेको थियो ।
    नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन । अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ । अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ । हाम्रो खेलकुदबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *