भारतमा कोरोना संक्रमण दर घट्दै


  • भारतमा कोरोना संक्रमण दर घट्दै

    काठमाडौं । भारतमा केही साता यता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ । दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४६० कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ६५ हजार ५५३ संक्रमित थपिएका छन् । हालसम्म भारतमा ३ लाख २५ हजार ९७२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ करोड ७८ लाख ९४ हजार ८०० जना भारतमा कोरोना संक्रमित भइसकेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *