राजेन्द्र र महन्थ बालुवाटारमा, मन्त्रालय टुंगो लगाएर आउँदो बुधबार सरकारमा जाने तयारी


  • राजेन्द्र र महन्थ बालुवाटारमा, मन्त्रालय टुंगो लगाएर आउँदो बुधबार सरकारमा जाने तयारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । ठाकुर पक्ष सरकारमा जाने तयारीमा छ । त्यसकै लागि छलफल गर्न उनीहरु बालुवाटार गएका हुन् । आज मन्त्रालय बाँडफाँडको तयारी गरिएको स्रोतले जानकारी दियो । आज मन्त्रालय टुंगो लगाएर ठाकुर पक्ष आउँदो बुधबार सरकारमा सहभागी हुने जनाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *