काठमाडौंमा जेठ २० गतेपछि निषेधाज्ञा खुकुलो पारिने


  • काठमाडौंमा जेठ २० गतेपछि निषेधाज्ञा खुकुलो पारिने

    काठमाडौँ : काठमाडौँ उपत्यकामा कोभिड-१९ संक्रमण फैलन नदिन लगाइएको निषेधाज्ञा जेठ २० गते सकिँदैछ । जनजीवन कष्टकर बन्दै गएकाले २० गतेपछि निषेधाज्ञा खुकुलो पार्दै लैजाने तयारी भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।   'खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर र सार्वजनिक निर्माण स्थलका क्षेत्रलाई खुकुलो बनाउँदै लगिन्छ,' पराजुलीले भने । होटल, विद्यालय जस्ता बढी भिडभाड हुने ठाउँ तत्काल खुला नगरिने उनको भनाइ छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समय सकिन दुईदिन मात्र बाँकी छ । संक्रमणको अवस्था अवस्था हेरेर थप निर्णय लिने पराजुलीले बताए । निषेधाज्ञाको विषयमा स्वास्थ्य मन्त्रालयसँग थप छलफल गरिने उनको भनाइ छ ।   कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुन थप गरी जेठ १३ गतेसम्म र १३ गतेदेखी पुन थप गरेको ललडाउन जेठ २० गते राती १२ वजे सकिदैछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *