यी हुन् छाला स्वस्थ र सुन्दर बनाउने फलफूल


  • यी हुन् छाला स्वस्थ र सुन्दर बनाउने फलफूल

    फलफूलले हाम्रो छाला स्वस्थ र सुन्दर बनाउने काम गर्छन्। जाडोमा यी फलफूल खानु र लगाउनु अनुहारको छालाका लागि फाइदाजनक छः किवी किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ। अनार अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोमछिद्र खुल्छन् र छाला चम्किलो बन्छ। केरा केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ। जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई र सीले छालामा चमक ल्याउँछन्। वजन बढ्ने डरले केरा खान गाह्रो लाग्छ भने यसको प्याक बनाएर अनुहारमा लगाउनुपर्छ। जाडोमा केराको प्याक लगाउँदा छाला स्वस्थ र नरम बन्छ। भुइँकटहर यसमा पाइने एन्टी–अक्सिडेन्टले अनुहारको छाला चाउरिन दिँदैन। साथै, काला दाग–धब्बा र ब्ल्याकहेड्सबाट पनि अनुहारको छालालाई बचाउँछ। मेवा भिटामिन ए प्रशस्त पाइने मेवाले मृत कोशिकलाई हटाउने काम गर्छ। अमला अमलाले रगत सफा गर्छ। जसले गर्दा अनुहारमा चमक आउँछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *