यी हुन् नियमित काजु सेवन गर्नुका फाइदाहरू


  • यी हुन् नियमित काजु सेवन गर्नुका फाइदाहरू

    काजु एक महंगो ड्राइ फुडको रुपमा चिनिन्छ । नेपाली समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्ति काजु खान सक्दैनन् भन्ने गरिन्छ । महंगो भएजस्तै काजुका अनगिन्ती फाइदा छन् । काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ । काजु खानाले अनुहार राम्रो हुने र स्मरण शक्ति बलियो हुन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र लेप बनाएर अनुहारमा मालिस गर्ने हो भने अनुहार चम्किलो हुन्छ । काजुमा पाइने तरलमा भिटामिन बी को मात्रा धेरै हुन्छ । जसले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड बढ्दैन् । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन् । तर काजु एक यस्तो ड्राइ फुडमा पर्छ जो कसैले पनि खान उपयोग छ । काजुमा पोटासियमको मात्रा बढी हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ । काजुमा सोडियमको मात्रा कम हुन्छ । यसमा कार्बोहाइड्रट, प्रोटिन, आइरन, जिंक, कपर र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । जसले हड्डी तथा दाँतलाई बलियो बनाउँछ । बिहानको समयमा हरेक दिन काजु खाने हो भने उच्च रक्तचाप बाट बच्न सकिन्छ । यसका साथै शरीरमा अन्य सकारात्मक परिवर्तनहरु हुन्छ । यस्ता छन् नियमित काजु खानुका केही फाइदाहरु –दिमागलाई तेज तथा स्मरण शक्ति बढाउँछ । –छालामा चमक दिने काम गर्छ । – निराशा र थकान मुक्त गराउछ । –मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप नियन्त्रण गर्छ । –मुटु बलियो बनाउछ । –शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । –डर लाग्ने र मुटुसम्बन्धी अन्य रोग नियन्त्रण गर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *