बागमती सरकारलाई नेकपा एकीकृत समाजवादीले समर्थन नगर्ने


  • बागमती सरकारलाई नेकपा एकीकृत समाजवादीले समर्थन नगर्ने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको बैठकले मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको हो । यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्छ ।
    नेकपा एमाले विभाजनल भएपछि १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । उनीहरुको आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता पनि चयन गरेको छ ।
    एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेकी उनी २ भदौमा मुख्यमन्त्री बनेकी थिइन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत थियो । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ मात्र भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *