चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु


  • चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।’ मृतकहरूमध्ये पाँच जना छन् । यो भन्दा पहिले सोही क्षेत्रमा परेको मुसलधारे मनसुनी बर्षका कारण ठाउँठाउँमा पहिरो जाँदा धेरै क्षति पुगेको थियो । सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण १८ जनाको मृत्यु भएको थियो । दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *