रोजगारीका लागि इजरायल जानेहरुको भाषा परीक्षा आज


  • रोजगारीका लागि इजरायल जानेहरुको भाषा परीक्षा आज

    काठमाडौं । रोजगारीका लागि इजरायल जानेहरुको भाषा परीक्षा आज हुने भएको छ । बैदेशिक रोजगार विभागका अनुसार इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाका लागि आज दिउँसो १ बजे अँग्रेजी भाषाको परीक्षा हुनेछ । त्यसका लागि काठमाडौं उपत्यकामा ११ वटा परीक्षा सेन्टर तोकिएको छ ।स्वास्थ्य मापदण्ड पालना गरेर भौतिकरुपमा उपस्थित भइ गराउन लागिएको उक्त परीक्षामा ९ हजार बढीले परीक्षा दिनेछन् । ९ हजार ६९९ जनाले परिक्षाको लागि आवेदन दिएको र ती मध्ये ५ हजार ४९९ महिला र ४ हजार २ सय जना महिला रहेको विभागले जनाएको छ । विभागका अनुसार भाषा परीक्षा उर्तीण गरेपछि विभिन्न प्रक्रिया पूरा गरेर १ हजार नेपाली इजरायल जान पाउने छन् । एकहजार मध्ये महिलाका लागि ७ सय र ३ सय र पुरषका लागि ३ सय कोटा रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *