आमा संग भिडियो कलमा वोल्न चाहेका टिकाराम वोल्नै नपाइ अस्ताए


  • आमा संग भिडियो कलमा वोल्न चाहेका टिकाराम वोल्नै नपाइ अस्ताए

    रुकुम चौरजहारी १७ जेठ ।

    मेरी आमासँग भिडियो कल बनाइदेउ न दिदी’, टीकाराम सुनारले छिमेकी दिदी दीपालाई जाजरकोटबाट फेसबुकमा भनेका थिए । दीपाले आश्वासन दिइन, ‘आमा गिट्टी कुटेर आएपछि साँझ पक्का कुरा गराउछु है ।’ छोराले कुरा गर्न खोजेको खबर सुनेकी आमा गीताले बेलुका भिडियो कलको लागि कोसिस गरिन तर टीकाराम फेसबुकमा अफलाइन भएकोले कुरा हुन पाएन । विडम्वना जेठ १० गते शनिवार घटना हुनुभन्दा केही दिनअघि भिडियो कलमा आमासँग बोल्न चाहेका टीकाराम कहिल्यै वोल्न नपाउने गरी संसारवाट अस्ताए ।

    भाग्यलाई सराप्दै बुवाआमा

    जेठ ११ गते आइतबार भेरी नदीको किनारमा फेला परेको शव मङ्गलबार साँझमात्रै घरको आँगनमा आइपुग्दा आमा गीता अचेत अवस्थामा थिइन । दुई हप्ताअघि मावली गाउँ जाजरकोट गएको छोराले आफूसँग भिडियोमा बोल्न चाहेको तर पुरा नहुदै पापीहरुले हत्या गरेको वताउछिन ।

    बुवा शोभे नेपालीलाई फोन गर्दै दुई दिनमा मामाघरवाट घर आउने बताएका टिकाराम कहिल्यै नफर्किने गरी एक्लो वनाएर गएकोे वताए ।‘हाम्रो जिन्दगी भनेको त्यही एउटा छोरो थियो । अब के नै बाँकी रह्यो र  छोराको किरियाकर्ममा व्यस्त टीकारामका बुवाले भावविह्वल हुँदै भने, ‘मेरो किरिया  छोराले गर्ने आशा थियो तर मैले नै छोराको किरिया गर्नुपर्यो । मजस्तो अभागी बुवा को होला’ टीकारामका बुवा त्यही सन्तानको लागि ६ वर्ष वैदेशिक रोजगारमा मलेसियामा रगत र पसिना बगाएर गएको कात्तिकको मात्र घर फर्केका थिए ।

    छोरी र श्रीमतीको बेहाल



  • गएको शनिबार जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर– ८, सोती गाउँमा भएको घटनामा ज्यान गुमाएका चौरजहारी वडा नम्बर १ का टीकारामको घरमा यति बेला पीडाका सुस्केरा र दुर्भाग्यका वेदनाहरुले सन्नाटा छाएको छ । समवेदना दिन आउनेहरुको सङ्ख्या लामो छ । तर सबैको रोदन मिश्रित अनुहारले घर नै उजाड भएको त्यत्तिकै बुझ्न सकिन्छ । शनिबार उनको घरमा शुद्धिकार्य हुँदैछ ।

    १८ वर्ष भर्खर पुरा गरेकी टिकारामकी श्रीमती दुई वर्षीया छोरीलाई काखमा राखेर २० लाग्दै गरेका श्रीमानको काजकिरिया गर्दै गरेकी उनको बेहाल अवस्था देखेपछि घटनाको कारण र प्रकृति सुने बुझेका सबैमा अन्यायविरुद्ध आगो ओकल्ने साहस बढ्छ । यतिवेला परिवारसहित सबै जना दोषीमाथि कडा कारबाही हुने आशामा बसेका छन् ।

    बहिनी बेहोसीमा बर्बराउँदै

    टीकारामकी एकमात्र बहिनी दाइको शव भेरीमा भेटिएको खबर सुनेदेखि बेहोसीमै बर्बराउछिन । दाइसँगको अन्तिम कुराकानीको शब्दले उनलाई कताकता पोल्ने गरेको छ । ‘दाइ, धेरै दिन भो, घर आउनु न’ भनेर आफूले फोनमा बोल्दा ‘अब त कहिले आउँला र बहिनी’ भनेको कुरा अहिले घत लागिरहेको छ । टीकारामको त्यो बोली त्यतिबेला वास्ता नभए पनि अहिले वास्तविक बनिदिएको छ ।

    टिकारामको काजकिरियामा व्यस्त उनको घरपरिवार न्याय पाउने आशामा छ । वावु र आमाले एक्लो छोरा गुमाएका छन वहिनीले दाइ गुमाएकी छिन, श्रीमतीले जिवनसाथी गुमाएकी छिन अनि २ वर्षकी अवोध वालीकाले वावाको माया न्यानो साथ गुमाएकी छिन । सोती जस्तो घटना फेरी नदोहोरियोस पीडितले चाडै न्याय पाउन हैन भने टिकाराम लगाएतका युवाहरुको आत्माले सत्यको ढाकछोप गर्नेहरुको आत्मालाई सधै पोल्ने छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *