लकडाउनको ६८ दिनपछी सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पुष्टि


  • लकडाउनको ६८ दिनपछी सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पुष्टि

    सुर्खेत १८ जेठ । कर्णाली प्रदेशको सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमितहरू सबै बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का १९, २०, ४० र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८ वर्षिय गरि ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै वडा नम्वर ४ का १८, ३३ र ४४ वर्षका गरी ४ जना, वडा नम्वर ६ का ११, १६, १८, १९, २०, ३१, २१, २१, २५, २८, ३० र ३६ गरी १३ जना र वडा नम्वर ७ का ३८ वर्षिय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरू सवै पुरूष हुन भने सवैको स्वास्थ्य अवस्था सामान्य छ । केहीदिन पहिले मात्र भारतबाट आएका  उनीहरू मध्ये ३ सय ९३ जनाको पिसिआर जाँचको लागी स्वाव संकलन गरी पठाएकोमा २५ जनामा कोरोना संक्रमण देखिएको हो । आज नै उनिहरुको पुरा विवरण आउने र उनीहरु मध्ये केहीलाई जिल्ला अस्पताल सल्यानको आइसोलेशनमा राखिने छ भने बाँकीलाई सुर्खेतको कालागाँउ पठाइने सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *